भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

आँखा सेवा प्रभावकारी बनाउन कर्णालीमा साझेदारी

आँखा सेवा प्रभावकारी बनाउन कर्णालीमा साझेदारी

कर्णाली । प्रदेशमा गुणस्तरीय र पहुँच योग्य आँखा सेवा विस्तार गर्न नेपाल नेत्रज्योती संघ र नेपाल रेडक्रस सोसाइटीले साझेदारीमा कार्य गर्ने भएका छन् । नेपाल आइतवार रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा एक कार्यक्रम बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र नेरेसोको तर्फबाट महामन्त्री पिताम्बर अर्यालले आगामी ५ वर्ष सहकार्य गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन । कर्णाली प्रदेशमा स्थापना गरेको सुर्खेत आँखा अस्पतालको क्षमता अभिबृद्धि गरी एकिकृत कर्णाली आँखा कार्यक्रम विस्तार गरी रिफरल अस्पताल बनाउन दुवैपक्ष सहमत भए ।

कार्यक्रममा नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले आँखा सेवालाई प्राथमिकता दिँदै आएको र स्वीस रेडक्रस लगायत संस्थाहरुको सहयोगमा आँखा सेवाका साथै पोषण, स्वास्थ्य र सरसफाई जस्ता गतिविधिहरु एकिकृत गरी समुदायमा सेवा पुर्याएको जानकारी दिए । कर्णाली प्रदेशका जनताले अन्धोपन र बहिरोपन निवारण सम्बन्धी सेवा र प्रतिफल पाऊन भन्ने उद्धेश्यले सम्झौता गरिएको नेपाल नेत्रज्योती संघका अध्यक्ष चेतराज पन्तले बताए ।

कर्णाली प्रदेशलाई लक्षित गरी दुवैसँस्था संगै काम गर्ने सन्देश आफैमा सुखद रहेको नेपाल नेत्रज्योती संघका महासचिव भरत बहादुर चन्दले धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल नेत्रज्योती संघका कार्यकारी निर्देशक, कर्णाली कार्यक्रम संयोजक, रेडक्रसका स्वास्थ्य सेवा विभागका निर्देशक पवन गुप्ता, सञ्चार विभाग निर्देशक दिव्यराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

सुर्खेत आँखा अस्पतालको क्षमता अभिबृद्धिगरी समुदायमा आँखा सेवालाई प्रभावकारी बनाउन र यसमा प्रदेश र स्थानीय सरकार, स्वीस रेडक्रस, सिविएम इन्टरनेशनलका साथै अरु सरोकारवालासँग पनि सहकार्य बढाउन दुवै सँस्था सहमत भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.