भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

आइतवारदेखि ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने प्रणाली कार्यान्वयनमा आउने

आइतवारदेखि ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने प्रणाली कार्यान्वयनमा आउने

काठमाडौं । सवारीचालक लाइसेन्सको ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणाली वाग्मती प्रदेशमा लागु हुने भएको छ । आइतवारदेखि वाग्मती प्रदेशमा मंसिर १८ गतेदेखि लाइसेन्सका लागि लिइने ट्रायल परीक्षामा अंकभार प्रणाली लागू गर्ने निर्णय भएपछि उक्त प्रणाली लागु हुने भएको हो ।

प्रचलित प्रणालीले ७५ प्रतिशत फेल हुने गरेकाले पटक पटक ट्रायल दिइरनु परेकाले सुधारिएको व्यवस्था अनुसार ट्रायलका दौरान समावेश हुने विभिन्न पक्षलाई आधार मानेर अंक दिइने उल्लेख गरिएको छ। नयाँ व्यवस्थाले वाग्मती प्रदेशमा ६० प्रतिशतभन्दा बढी पास हुने अनुमान गरिएको छ।

जसका कारण यातायात कार्यालयहरुमा हुने अनियमितता समेत रोकिने अपेक्षा समेत गरिएको छ । ट्राफिक लाइट, उकालो–ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर फरक फरक अंक छुट्याइने व्यवस्था गरिएको छ। यसबाट ७० अंक ल्याउने पास हुने व्यवस्था गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.