भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

आगामी निर्वाचनमा माओवादीले बहुमत ल्याउँछः अध्यक्ष प्रचण्ड

आगामी निर्वाचनमा माओवादीले बहुमत ल्याउँछः अध्यक्ष प्रचण्ड

रौतहट । नेकपा माओवादी केन्द्र का. अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०६४ मा जस्तै आगामी निर्वाचनमा माओवादी पार्टीले जित हासिल गर्ने दाबी गर्नुभएको छ । रौतहटको कटहरिया बजारमा नेकपा माओवादी केन्द्र द्वारा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गर्नुभएको हो । उहाँले मधेसी समुदायको अधिकार संविधानमा सुरक्षित गर्न पनि आफू नेतृत्वको पार्टीले जित्नुपर्ने जिकीर गर्नुभयो ।

“रौतहट आत्मसमर्पणकारीहरूको जिल्ला होइन, लाल क्रान्तिकारीहरूको जिल्ला हो”, उहाँले भन्नुभयो, “केही दलाल, केही भगौडा, केही प्रतिगामीहरू आत्मसमर्पण गर्दैमा रौतहटवासी झुक्दैनन्, माओवादी केन्द्रलाई अत्यधिक मतले विजयी गराउँछन् ।” दलित, मुस्लिम, पिछडिएकाहरूका लागि विशेष अधिकार दिलाउन आफू क्रियाशील रहेको र यसका लागि ठूलो लडाइँ लड्नुपरेको उहाँले स्मरण गर्नुभयो ।

परिवर्तनका लागि देशभरिमा १७ हजारले ज्यान गुमाउनु परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले एक हजार ३०० भन्दा बढी मधेसी जनताले बलीदान दिएर परिवर्तनका लागि योगादान गरेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “खलनायक, प्रतिक्रिवादीहरू मधेशी, मुस्लिम, दलित, उत्पीडितले आन्दोलनपश्चात पाएको समावेशीको अधिकारलाई समाप्त पार्ने षड्यन्त्रमा लागेका छन्, सचेत हुनुहोला ।” किसानको समस्यालाई मध्यनजर गर्दै बन्द रहेको श्रीराम सुगर मिल सञ्चालन गराउन आफूले पूरै ताकत लगाउने आश्वासनसमेत अध्यक्ष प्रचण्डले उक्त अवसरमा दिनुभयो ।

रौतहटवासीले वर्षेनी खेप्दै आएका डुबानको समस्यालाई समाधान गर्न ऊर्जा तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयलाई लालबकैया र बागमती नदी नियन्त्रण गर्न तटबन्धको व्यवस्था मिलाउन आफूले निर्देशन दिने उहाँले जानकारी दिनुभयो । उखु किसानको समस्यालाई समाधान गर्न आफूले काठमाडौँमा पुगेर पहल गर्ने विश्वाससमेत दिलाउँदै अध्यक्ष प्रचण्डले शिवनगरमा विद्युत्को शाखा निर्माण गर्ने बताउनुभयो । मुस्लिम समुदायको मागअनुसार शक्तिशाली मुस्लिम आयोग गठन र इस्लामिक विश्वविद्यालय स्थापना गर्न आफूले पहल गर्ने बताउनुभयो ।

कटहरिया नगरपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत, नापी, कृषि विकास बैंकको शाखा स्थापना गराउन आफूले सहयोग गर्ने अध्यक्ष प्रचण्डले आश्वासन दिनुभयो । नेकपा माओवादी केन्द्र का जिल्ला समन्वय समिति रौतहटका सभापति एवं पूर्व सभासद देवेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका रौतहट इन्चार्ज समिर भट्टराई, पूर्व ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत, पूर्वसभासद गोपाल ठाकुर, मुस्लिम अध्यक्ष ओहिद अन्सारीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.