आज गाई तिहार, गाईको पूजा गरेर तिहार मनाइँदै

आज गाई तिहार, गाईको पूजा गरेर तिहार मनाइँदै

काठमाडौं । आज गाई तिहार । गाईको पूजाआजा गरेर तिहार मनाइँदै छ ।

गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वास छ ।

गाईको दूध, गहुँत र गोबर पवित्र ठानी गाईको पूजा गर्ने चलन छ । आजको दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो खान दिने गरिन्छ ।

गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ ।

आजको दिनलाई गाई तिहार र हलीतिहार समेत भन्ने गरिन्छ ।

आजैका दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ।

 


Thali Mobile Pvt.Ltd.