काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले आज शुक्रबार काठमाडौंमा विशाल विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रदर्शनमा लागि प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सगभागी हुने नेकपाले जनाएको छ । प्रतिनिधि सभा विघटनको खारेजी र संसद् पुनस्थापना गराउन विरोध र सभा गरिने प्रतिनिधिसभा स्थापना नभएसम्म संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपाले विरोधसभाको निर्देशिका समेत जारी गरेको छ । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, शान्तिवाटिका, त्रिचन्द्र कलेजबाट जुलुस निस्कने र नेताहरुले लिडिङ्ग गर्ने जनाइएको छ । जुलुस रत्नपार्कमा जम्मा भएर सभामा परिणत हुने जानकारी दिइएको छ । सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

