भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

आज नेमकिपाको ४७ औं स्थापना दिवश, देशैभर विभिन्न कार्यक्रमको आयोजना

आज नेमकिपाको ४७ औं स्थापना दिवश, देशैभर विभिन्न कार्यक्रमको आयोजना

काठमाडौं । माघ १० गते अर्थात नेपाल मजदुर किसान पार्टीको स्थापना दिवस । पार्टीले देशैभर विभिन्न कार्यक्रम गरी मनाउँदै छ । विसं २०३१ सालको माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको थियो ।

मार्क्सवाद–लेनिनवाद र माओत्सेतङ विचारधारा बोकी वर्गसङ्घर्षमार्फत साम्राज्यवाद र विस्तारवाद परास्त गरी मजदुर, किसान अझ सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न नेमकिपाको स्थापना भएको कार्यकर्ताहरु बताउँछन् । नेपालको कम्युनिष्ट आन्दोलनमा देखा परेका खोटा विचारको खण्डन गरी समाजवादी बाटोको लक्ष्य बोकेर साम्यवादसम्म पुग्ने नेमकिपा लक्ष्य रहेको अध्यक्ष नारायणमान विजुक्छेंको भनाई छ ।

नेपालका कम्युनिष्ट भनेर भन्ने तर कम्युनिष्टको बदनाम गरिरहेका ठूला भनाउँदा कम्युनिष्टका कारण अझ नेपालको कम्युनिष्ट आन्दोलन पछि परिरहेको छ ।

इतिहास
पुष्पलाल श्रेष्ठ नेतृत्वको कम्युनिस्ट पार्टीमा केहि सैद्धान्तिक मतभिन्नता र खोटा विचारहरु झाँगिएपछि त्यसको खण्डन गर्दै मजदुर, किसान र सर्वहारा वर्गको पक्षमा उभिन नेमकिपाको स्थापना भएको हो ।

वि.सं. २०२० साल देखि २०३० सालको एक दशक भित्र कम्युनिस्ट आन्दोलन विशृङ्खलित बन्दै गएको, पार्टीको दोस्रो महाधिवेशनमा डा. केशरजङ रायमाझीको नेतृत्व संशोधनवादी, राजावादी र विघटनवादी साबित भएको, नेकपाका पूव र्महासचिव मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र डीपी अधिकारी विघटनवादी भएको, निर्मल लामा,

मोहनविक्रम सिंहले राजालाई मुख्य दुश्मनको रूपमा लिएको, झापामा व्यक्तिहत्याको नीतिको, पुष्पलाल लगायतकाले राजतन्त्र मुख्य दुश्मन बनाएर नेपालको कम्युनिस्ट आन्दोलनलाई विशृ ङखलित स्थितिमा गएका बेला र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रुसी संशोधनवादी ख्रुश्चेभ गुटले विश्व कम्युनिस्ट आन्दोलनलाई विश्वासघात गरी संराअमेरिकी साम्राज्यवादलाई सहयोग पु¥याएको अवस्था, भारतीय विस्तारवादले

समाजवादी चीनमा आक्रमण गरी एसियाली–अफ्रिकी र संसारका तटस्थ एवम् असंलग्न आन्दोलनलाई कमजोर बनाइरहेको स्थितिमा विविध आधार बनाएर नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको जन्म भएको थियो । भारतले नेपालको सुस्तामाथि थिचोमिचो गरिरहेका बेला हाम्रो दुश्मन विस्तारवाद भएको अडान, राजा महेन्द्रसमक्ष द्यौसी खेलरे ‘अखिल’ राजावादी भासमा पतन, अन्योल र अस्पष्ट हुदै नेतृत्व संशोधनवादमा पतन भएको

यावत शैदान्ति मत भिन्नताका कारण नेपालमा सच्चा कम्युनिष्ट पार्टीको जन्म हुन आवश्यक थियो र त्यसैको जगमा नेमकिपाले जन्म लिएको थियो । समाजवाद र साम्यवादी सिद्धान्तको प्रचार र शोषणको विरोधमा किसान संघर्षलाई अगाडि बढाउने नीति लिएर पार्टी जनतामाझ गएको थियो ।

अराजकतावादी र अवसरवादी धारको प्रभाव
नेपालको कम्युनिस्ट आन्दोलनमा २०२० को दशक भित्रैबाट अराजकतावादी र अवसरवादी धार देखा परेको थियो । झापाली विद्राहे देखि माओवादी सशस्त्र विद्रोह त्यसैको जगमा भएको हो । कम्युनिस्ट आन्दोलनका दक्षिणपन्थी र वामपन्थी अवसरवादीहरुको झुण्ड सैद्धान्तिक हिसावले खोटा थिए र आज यिनीहरु एक भएर अवसरवादकै दुई शिविर चलाई रहेका छन् ।

आजको नेकपा कम्युनिस्ट आन्दोलन भित्रको संशोधनवादी शिविर संचालन गरिरहेको एक धार हो । एकले अर्कालाई गाली गर्दै पाप धुरीबाट कराउँछ भनेजस्तै यीनिहरु आफुले गरेकोे पाप  ओकलीरहेका छन् । एका तीर यिनीहरुको ओवलाई कम्युनिस्ट हुन कि होइनन् भन्ने कुरा जनतामा प्रष्ट भयो भने अर्कोतीर नेपालको कम्युनिष्ट आन्दोलनमा गैरक्रान्तिकारी कति रहेछन् भन्ने पनि देखियो ।

तर यीनिहरुका कारण नेपालको कम्युनिष्ट आन्दोलन पचास वर्ष पछि धकेलियो भने संशोधनवादीहरूको बाहिरी आवरण र नाम देखेर उनीहरू नै ‘कम्युनिस्ट’ भएको भ्रम छरीरहेका छन् । कम्युनिस्टको मुखुण्डो भिरेका संशोधनवादी हुन भन्ने कुरा अब जनताले राम्रोसंग बुझिसकेका छन् ।

मुखले क्रान्तिको कुरा गरे पनि व्यवहारमा को हुन भन्ने कुरा अहिलेको यिनीहरुको लडाईले नै देखाईसकेको छ । त्यसैले अब जनताले कम्युनिष्ट भित्रका नवसंशोधनवादीहरुलाई परास्त नगर्दासम्म कम्युनिस्ट आन्दोलन अघि बढ्न सक्दैन भन्नेमा पनि जनता क्लियर भइसकेका छन् ।

४७ औं स्थापना दिवस
पार्टी स्थापना दिवसका अवसरमा नेमकिपाले देशभर विभिन्न रचनात्मक, राजनीतिक र प्रशिक्षणात्मक गतिविधिलाई अगाडि बढाईरहेको छ । व्यापक जनतालाई नेकपाको वास्तविक चरित्रबारे बुझाउदै छ । स्थापना दिवसको अवसरमा काभ्रे बनेपामा पुस्तक प्रदर्शन गरेको छ । शनिबार भक्तपुरको टौमढीमा पुस्तक प्रदर्शन गर्दैछ ।

नेपाल क्रान्तिकारी किसान संघ भक्तपु र नगर समितिले किसानहरूको भेला गरेको छ । नेमकिपा चाँगनुारायण नपा वडा नं १ एकाइ समितिले स्थानीय कार्यकर्ता र समर्थकहरूको भेला गरेको छ । नेपाल प्राध्यापक समाज, भक्तपु र बहुमुखी क्याम्पस एकाइ समितिले देश र जनतामा समर्पित विचारप्रधान ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया गरेको छ ।

यसैगरी देशभर विभिन्न रचनात्मक कार्यक्रम गरी नेमकिपाले ४७ औं स्थापना दिवश मनाउँदै छ । माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई मार्ग निर्देशक सिद्धान्तको रूपमा आत्मसात गर्दै देश र जनताको सेवामा समाजवादी व्यवस्था स्थापना गरी साम्यवादसम्म पुग्ने उद्देश्यका साथ अघि बढिरहेको छ । नेमकिपाले देश र जनताको पक्षमा विभिन्न आन्दोलन, सङ्घर्ष र प्रचारात्मक कार्यक्रम गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.