भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

आज सुनको भाउको नयाँ रेकर्ड

आज सुनको भाउको नयाँ रेकर्ड

भक्तपुर। आज सुनको भाउ तोलाको एक लाख ४० हजार नौ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।

गत बिहीवार तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ शुक्रवार तोलामा सात सय रुपैयाँले घटेर एक लाख ३९ हजार तीन सय रुपैयाँमा झरेको थियो । शुक्रबारको तुलनामा आज १६ सय रुपैयाँले बढेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । शुक्रवार तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा एक सय १० रुपैयाँले बढेर एक हजार नौ सय १० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.