भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आजदेखि आचारसंहिता लागू

आजदेखि आचारसंहिता लागू

काठमाडौं । आगामी १२ माघबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आजबाट आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रुपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारी निकायमा रहेका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आयोगले आचारसंहिताको पालना गर्न सम्बन्धित सबैलाई आह्वान समेत गरेको छ। यदी आचारसंहिता कार्यान्वयन नभए कानूनी कारवाही गरिने भन्दै आचारसंहिताको पूर्ण रुपमा पालनाका लागि आयोगले निर्देशन दिएको छ ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारणा गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि आचार संहिता लाग्ने भनिएको छ ।

आयोगले निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको थियो ।

कसलाई लागू हुन्छ आचारसंहिता ?
संघ र प्रदेश सरकारका मन्त्री र कर्मचारी
स्थानीय तहका पदाधिकारी र कर्मचारी
सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी
सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी
निर्वाचनको काममा संलग्न कर्मचारी
राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन
आचारसंहिता उल्लङ्घन गरे कडा भन्दा कडा कारबाही हुने आयोगले चेतावनी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.