काठमाडौं । आज बुधबारदेखि सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) को परीक्षण वितरण सुरु गर्ने भएको छ ।
सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ। ई–पासपोर्टको परराष्ट्रमन्त्री डा. नारायण खड्काले औपचारिक उद्घाटन गर्दैछन् ।
परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए ।
गत वर्ष सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । विद्युतीय राहदानीका लागि साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता गरिएको विभागले जनाएको छ ।
