काठमाण्डौ । मुगुको गमगढी आगलागीका कारण ७५ परिवार विस्थापित भएका छन् । अग्नि पीडितलाई मुगुको छायानाथ रारा नगरपालिकाले नगदसहित राहत वितरण गर्ने जनाएको छ । प्रति परिवारलाई ५०र५० हजार रुपैयाँसहित राहत वितरण गरिने नगरपालिकाले जनाएको हो । अग्नि पीडितलाई रेडक्रसले त्रिपाल वितरण गरेको थियो ।
आगलागीका कारण बास गुमाएका धेरैजसोले गएको रात आफन्तकोमा बसरे बिताए भने केही त्यहाँ नजिकै रहेका घरमा डेरा खोज्न पुगेका थिए । आगोका कारण गमगढीका २१ वटा घरमा पुरै क्षति भएको छ । आगलागीबाट भएको क्षतिबारे यकिन विवरण भने बुधबार मात्रै आउने जनाइएको छ ।
