आठबीस नगरमा ई–हाजिरी सञ्चालन

आठबीस नगरमा ई–हाजिरी सञ्चालन

राकम । आठबीस नगरपालिका दैलेखको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनका लागि ई–हाजिरी सुरु भएको छ । नगरपालिकाबाट प्रबाह हुने सेवा सुबिधालाइ थप प्रभाकारी र नियमित बनाउन ई–हाजिर सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताए ।

कार्यालयका कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी प्रति थप जिम्मेवार बनाउन र उनीहरुको उपस्थितिलाई पारदर्शी बनाउन तथा सेवाग्राहीलार्इ स्तरीय सेवा दिन नगरपालिकामा ई– हाजिरी जडान गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहिले ई–हाजिर गरेर सेवा सुरु गरेको प्रवक्ता बीरबहादुर माक्र्सवादीले बताए । अनुशासन र समयको पालना गराउन ई–हाजिर सेवाले बल पुर्याउने आशा गरिएको उनको भनाइ छ।

बिहान ठिक १०ः०० बजे कार्यालयमा उपस्थित भएर हाजिर गर्ने र घर जादा साझ ५ः००अनिवार्य हाजिर गर्नु पर्ने छ भने सोही हाजिरका आधारमा कर्मचारीहरुको तलब निकासा हुने माक्र्सवादीले बताए । अब केहि समय भित्रै नगरका वडा कार्यालय, स्वास्थ्य संस्था, बिधालय लक्ष्य रहेको छ।

 


Thali Mobile Pvt.Ltd.