भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

आपत्कालीन नदी नियन्त्रण गर्न आयोजना असमर्थ

आपत्कालीन नदी नियन्त्रण गर्न आयोजना असमर्थ

सप्तरी । मनसुन शुरु हुन लागेका बेला खाँडो नदी व्यवस्थापन आयोजना राजविराजले आपत्कालीन नदी नियन्त्रणकार्य गर्न असमर्थ रहेको जनाएको छ । आर्थिक वर्ष २०७८–७९ को स्वीकृत वार्षिक कार्यक्रममा आपत्कालीन नदी नियन्त्रणतर्फ बजेट नछुट्याएकाले आयोजनाले आपत्कालीन नियन्त्रणका कार्य गर्न असमर्थ रहेको भन्दै सबै स्थानीय तहलाई पत्राचार गरेको छ । आयोजनाका कार्यालय प्रमुख रेवाकान्त यादवले आपत्कालीन नदी नियन्त्रणतर्फ बजेट कटौती भएकाले बाढीजन्य विपद् व्यवस्थापन कार्य गर्न असमर्थ रहेको बताउनुभयो ।

उहाँले बजेट व्यवस्थापन कार्यमा आवश्यक सहयोग गरिदिन र बजेट व्यवस्थापन नहुञ्जेल आ–आफ्नो क्षेत्रमा सम्बन्धित स्थानीय तहबाट आपत्कालीन नियन्त्रणकार्य गर्न–गराउनसमेत आग्रह गर्नुभएको छ । जलवायु तथा मौसम विज्ञान विभागले अन्य वर्षभन्दा यस वर्ष बढी वर्षा हुने र लामो समय रहने जनाउँदै आएको छ । विगत वर्षभन्दा यस वर्षको स्थिति झनै जटिल हुने देखिएको भन्दै आयोजनाले बाढीजन्य प्रकोपबाट सम्बन्धित निकायले समयमै सतर्कता अपनाउन आवश्यक रहेको बताएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित रुपनी हुँदै तिलाठी कोइलाडी गाउँपालिका भएर बग्ने खाँडो नदीको बाढीले रुपनी, बसबिट्टी, राजविराज, तिलाठी, लौनिया, सकरपुरा, कोइलाडीलगायतका गाउँ प्रभावित हुँदै आएको छ । हरेक वर्ष खाँडो नदीको बाढीले नदी किनार कटान गरी जग्गा बगरमा परिणत गर्ने तथा नदी किनारका गाउँबस्ती र बजार प्रवेश गरी ठूलो धनजनको क्षति गर्दै आएको छ । असारदेखि भदौ महिनासम्म हुने भारी वर्षाका कारण खाँडो नदीमा आउने बाढीले सो समयमा गाउँबस्ती डुबानमा पर्दा सयौँ नागरिक विस्थापन हुने गरेका छन् । यस सम्बन्धमा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीमा समेत छलफल भएको छ ।

 


Thali Mobile Pvt.Ltd.