काठमाडौं । रिगल ढकालको आममाफीविरुद्ध अनशनरत भारती मानन्धर कार्यक्रमस्थलमा नै बेहोस भएपछि अस्पताल लगिएको छ । आममाफीको विरुद्धमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भारती कार्यक्रमस्थलमै बेहोस भएकी हुन् ।
उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ । नेपालगञ्जका चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगलले नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका थिए । रिगलको आममाफी विरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।
उनले आममाफी विरुद्ध दायर गरेको रिटमा सुनुवाइ कात्तिक १४ गते हुदैछ । उक्त सुनुवाइबाट पीडितले न्याय पाउन पर्ने भन्दै सामाजिक अभियन्ताले पत्रकार सम्मेलन आवाज उठाएका थिए । उनी बेहोस भएर ढलेपछि माहोल विग्रीएको छ ।
