भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

आयाल निगमको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस

आयाल निगमको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस

काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । छनोट समितिको बैठकले डा. चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

तीन मध्ये १ जनाले निगमको कार्यकारी निर्देशक बन्ने अवसर पाउने छन् । गोरखाका भट्ट, तेह्रथुमका सिटौला र सुर्खेतका थानी शिफारिसमा परेका हुन् । उक्त पदका लागि १७ जनाको आवेदन परेको थियो । ती मध्ये ३ जनालाई समितिले शिफारिस गरी पठाएको छ ।

आवेदन दर्ता गराउनेमा डा. चण्डिकाप्रसाद भट्ट, हरिवंश आचार्य, जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्राडा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, उमेशप्रसाद थानी,

पंकजकुमार दास, आनन्दप्रसाद चन्द, भुपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमार थिए । सुरेन्द्र पौडेलको कार्यकाल सक्किएसँगै निगम नेतृत्वबिहीन भएको छ ।

 


Thali Mobile Pvt.Ltd.