भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आयाल निगमको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस

आयाल निगमको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस

काठमाडौं । नेपाल आयाल निगमको कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । छनोट समितिको बैठकले डा. चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

तीन मध्ये १ जनाले निगमको कार्यकारी निर्देशक बन्ने अवसर पाउने छन् । गोरखाका भट्ट, तेह्रथुमका सिटौला र सुर्खेतका थानी शिफारिसमा परेका हुन् । उक्त पदका लागि १७ जनाको आवेदन परेको थियो । ती मध्ये ३ जनालाई समितिले शिफारिस गरी पठाएको छ ।

आवेदन दर्ता गराउनेमा डा. चण्डिकाप्रसाद भट्ट, हरिवंश आचार्य, जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्राडा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, रामदेव यादव, उमेशप्रसाद थानी,

पंकजकुमार दास, आनन्दप्रसाद चन्द, भुपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमार थिए । सुरेन्द्र पौडेलको कार्यकाल सक्किएसँगै निगम नेतृत्वबिहीन भएको छ ।

 


Thali Mobile Pvt.Ltd.