भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वसन्तपुरमा विधिवत चीर ठड्याइयो

वसन्तपुरमा विधिवत चीर ठड्याइयो

काठमाडौं । फागू पूर्णिमा सुरुवातको संकेत स्वरुप बिहीबार वसन्तपुरमा विधिवत चीर ठड्याइएको छ ।शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुन्ड्याएर चीर ठड्याइएको हो ।

हनुमानढोका दरबार दक्षिणतर्फ छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुन्डाएर सिंगारिएको चीर ठड्याइएको हो । मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन चीर गाड्ने चलन छ । चीर गाड्दा हनुमानढोकामा गुरुजूको पल्टनले हर्ष बढाइँ गरी सलामीसमेत दिएका थिए ।

प्रत्येक वर्ष फाल्गुण शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै मुलुकभर होलीको माहोल सुरु हुन्छ । वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा लिइन्छ ।

पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै वसन्त ऋतु आरम्भ भएको मानिन्छ ।

 


Thali Mobile Pvt.Ltd.