भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

इजरायल जाने कामदारको भाषा परीक्षा आज हुदै

इजरायल जाने कामदारको भाषा परीक्षा आज हुदै

काठमाडौं । रोजगारीका लागि इजरायल जाने कामदारको भाषा परीक्षा आज सोमबार हुने भएको छ। भाषा परीक्षाका लागि ११ वटा केन्द्र तोकिएका छन्। इजरायलले एक हजार कामदार लैजाने तयारी गरेको छ। तर रोस्टरमा १ हजार ४ सय जनाको सूची राखिनेछ ।

रोजगारीका लागि एक हजारको कोटा भए पनि ७ हजारले परीक्षा दिन लागेका छन् । परीक्षाका लागि ९ हजारले आवेदन दिए पनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकाले अस्वीकृत भएका छन्। वैदेशिक रोजगारीका क्रममा जापान, कोरियामा लामो समय काम गरिसकेका युवाले पनि इजरायल जान फारम भरेका छन्।

राम्रो आम्दानी हुने भएकाले धेरैको रुचि इजरायलमा परेको छ। केयरगिभरको रूपमा इजरायल जाने श्रमिकले वृद्धवृद्धा र बालबालिकाको रेखदेख गर्नुपर्छ। इजरायल रोजगारीको भाषा परीक्षाका लागि तयारी पूरा भइसकेको वैदेशिक रोजगार विभागका इजरायल शाखा प्रमुख डम्बरबहादुर सुनुवारले बताए।

विभागले गत साउन १२ गते सूचना जारी गरी २१ दिनभित्र साउन ३२ गतेसम्म फारम भर्न अनुरोध गरेको थियो। छनोट भएका सबै जान नसक्ने, मेडिकल फेल हुन सक्नेलगायतका कारण चार सय बढीलाई रोस्टरमा राखिएको छ।

८० प्रतिशत भाषा परीक्षा र २० प्रतिशत अन्तर्र्वार्ता पास गर्नुपर्ने छ । दुवै नम्बरमा बढी हुने युवाको सूची इजरायलको पीआईबीएलाई पठाई त्यसको विवरण विभागको वेबसाइटमा राखिन्छ। विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्नेछ।

अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउनेछ। उताबाट आएको सूचीका आधारमा विभागले छनोटमा परेकालाई बोलाएर सम्झौता गराई पाँच दिनभित्र दूतावास पठाउनेछ।

 


Thali Mobile Pvt.Ltd.