भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

उच्च पहाडी र हिमाली भेगमा हिमपात

उच्च पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं । देशका विभिन्न क्षेत्रको उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपात भएको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपात भएको छ । यता सोलुको पत्तालेमा बाक्लो हिमपात भएको त्यहाँबाट राम बहादुर मगरले कैलाश खबरलाई बताए ।

पश्चिमी वायुको सामान्य प्रभाव र आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ । प्रदेश नं. १ का थोरै स्थानमा, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा तथा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागका केही स्थानमा मेघ गर्जनसहित हिमपातको सम्भावना रहेको छ।देशका बाँकी भागमा मौसम सामान्यतया सफा रहने र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.