काठमाण्डौ । झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ । देशका धेरैजसो ठाउँमा पानी परिरहेकाले बुधवार काठमाण्डौबाट हुने सबै माउन्टेड फ्लाइट रद्द भएका हुन । काठमाण्डौबाट भरतपुरका लागि तय भएको एउटा उडान सम्पन्न भएको छ भने बुद्ध एअरका दुई वटा उडान रद्द भएका छन् । तुम्लिङटारको उडान–अवतरण पनि ठप्प छ । अरू विमानस्थलमा पनि उडानमा ढिलाइ हुँदा विमानस्थलमा यात्रुको भिड लागेको छ ।
विशेष गरेर पोखरा र काठमाण्डौको विमानस्थलमा यात्रुको भिड रहेको र व्यवस्थापन गर्न समस्या भएको एअरलाइन्सले जनाएका छन् । केही विमानस्थलमा उडान भए पनि केहीमा भने ठप्प रहेको छ । पोखराबाट बिहान ८ बजेपछि कुनै पनि उडान र अवतरण हुन सकेका छैनन् ।
काठमाण्डौबाट पोखराका लागि तय भएका १० वटा उडान अहिलेसम्म हुन सकेका छैनन् । यति एअरलाइन्को एउटा उडान रद्द भएको छ । बिहान मौसम खुलेको समयमा पोखराबाट पाँच वटा जहाज काठमाण्डौ आएका थिए भने पोखरामा चार वटा मात्रै अवतरण भए ।
