भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

भारतमा बाढीको वितण्डा, बाढीका कारण सेनाका २३ जवान बेपत्ता

भारतमा बाढीको वितण्डा, बाढीका कारण सेनाका २३ जवान बेपत्ता

एजेन्सी । टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् ।भारतको पूर्वोत्तर राज्य सिक्किममा ठूलो वर्षापछि उक्त नदीमा आएको बाढीका कारण २३ जवान वेपत्ता भएका हुन । बाढीमा परेर जलविद्युत् आयोजनाका केही कर्मचारी पनि बेपत्ता भएका आशङ्का गरिएको छ ।

राति अचानक आएको बाढीका कारण धेरै नोक्सानी भएको खबरमा उल्लेख छ । वर्षाका कारण त्यहाँको राष्ट्रिय राजमार्गसहित धेरै सडकमा क्षति पुगेको छ । बेपत्ताहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढीले सेनाका केही गाडी पनि बगाएको छ ।

सडक सम्पर्क टुट्दा राहत तथा उद्धारमा कठिनाइ भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । बाढीको जोखिम बढेपछि जलपाइगुडीमा नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित ठाउँमा सारिएको छ ।

 


Thali Mobile Pvt.Ltd.