भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

उत्तर कोरियाले अफिसका कर्मचारीलाई खेतमा खटायो

उत्तर कोरियाले अफिसका कर्मचारीलाई खेतमा खटायो

सोउल । खडेरीले आक्रान्त उत्तर कोरियामा सरकारले समस्या समाधान स्वरुप अफिसमा काम गर्ने कर्मचारीहरुलाई देशव्यापी रुपमा खेतबारीमा खटाइरहेको छ ।

खाद्यान्न अभावको चिन्ताका कारण यस्तो उपाय लगाइएको उत्तर कोरियाको सरकारी मिडियाले जनाएको छ । गत वर्ष पनि उत्तर कोरियाली प्रमुख किम जोङ उनले देशको खाद्य अवस्थामा सुधार ल्याउन आवश्यक नीतिहरु कार्यन्वयन गर्न अपील गरेका थिए ।

लामो समय अगाडिदेखि नै खडेरी र बाढी उत्तर कोरियाका लागि गम्भीर चुनौति मानिँदै आएको छ । खेतीमा व्यवस्थित सिँचाइ प्रणाली लगायत आवश्यक संरचनाहरुको अभावका कारण पनि त्यहाँ हरेक वर्ष यस्तो समस्या हुने गरेको छ ।

राजधानी प्योङयोङको उत्तरमा पर्ने आन्जु र केचोन क्षेत्रमा स्थानीयहरुले आफैँ पोखरी निर्माण गरि त्यसमा मल अनि बोटबिरुवा बढाउने तत्वहरु राखेर खेतसम्म पानी लैजान ट्रक र ट्रयाक्टरको व्यापक प्रयोग गरिरहेका छन् ।

उत्तर कोरियाले अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित एकजना बिरामीबारे पनि आधिकारिक खबर गरेको छैन ।

 


Thali Mobile Pvt.Ltd.