भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

उत्तर कोरियाले अफिसका कर्मचारीलाई खेतमा खटायो

उत्तर कोरियाले अफिसका कर्मचारीलाई खेतमा खटायो

सोउल । खडेरीले आक्रान्त उत्तर कोरियामा सरकारले समस्या समाधान स्वरुप अफिसमा काम गर्ने कर्मचारीहरुलाई देशव्यापी रुपमा खेतबारीमा खटाइरहेको छ ।

खाद्यान्न अभावको चिन्ताका कारण यस्तो उपाय लगाइएको उत्तर कोरियाको सरकारी मिडियाले जनाएको छ । गत वर्ष पनि उत्तर कोरियाली प्रमुख किम जोङ उनले देशको खाद्य अवस्थामा सुधार ल्याउन आवश्यक नीतिहरु कार्यन्वयन गर्न अपील गरेका थिए ।

लामो समय अगाडिदेखि नै खडेरी र बाढी उत्तर कोरियाका लागि गम्भीर चुनौति मानिँदै आएको छ । खेतीमा व्यवस्थित सिँचाइ प्रणाली लगायत आवश्यक संरचनाहरुको अभावका कारण पनि त्यहाँ हरेक वर्ष यस्तो समस्या हुने गरेको छ ।

राजधानी प्योङयोङको उत्तरमा पर्ने आन्जु र केचोन क्षेत्रमा स्थानीयहरुले आफैँ पोखरी निर्माण गरि त्यसमा मल अनि बोटबिरुवा बढाउने तत्वहरु राखेर खेतसम्म पानी लैजान ट्रक र ट्रयाक्टरको व्यापक प्रयोग गरिरहेका छन् ।

उत्तर कोरियाले अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित एकजना बिरामीबारे पनि आधिकारिक खबर गरेको छैन ।

 


Thali Mobile Pvt.Ltd.