उदयपुर । उद्योगको चुनढुंगा खानीमा बिहीबार राति शक्तिशाली बम विस्फोट भएको छ । अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।
उछिटिएको ढुंगा लागेर ५ जना खानीमा काम गर्ने मजदुर घाइते भएका छन । दुर्गाबहादुर तामांग, बिष्णुबहादुर मगर, शिवशंकर मोक्तांन, सागर मोक्तांन र नवीन मगर घाईते भएका छन । घाईते कटारीमा अस्पालमा उपचार भएको प्रहरीले जनाएको छ । बम विस्फोटले स्काईभेटर र एक वटा मोटरसाईकलमा क्षति पुगेको छ।
४ वटा बम विस्फोट भएको उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहालले बताए । विस्फोट कस्ले गराएको भन्ने पत्ता लागेको छैन । यसअघि पनि ट्यांकर र स्काभेटरमा अज्ञात समूहले आगजानी गरेको थियो । थप विवरण आउन बाँकी रहेको छ ।
