भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विश्वकर्मा जनसेवा श्री (पञ्चम श्रेणी) बाट विभूषित

उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विश्वकर्मा जनसेवा श्री (पञ्चम श्रेणी) बाट विभूषित

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष कुल बहादुर विश्वकर्मा जनसेवा श्री पञ्चम श्रेणी पदकबाट विभूषित हुनुभएको छ । शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष विश्वकर्मालाई उक्त पदकबाट विभूषित गर्नुभएको हो । नेपाल सरकार गृह मन्त्रालयले गत वर्षको असोज ३ गते संविधान दिवस )राष्ट्रिय दिवस) का अवसरमा विश्वकर्मालाई उक्त विभूषणबाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष ,मनकारी , कर्तव्य निष्ठावान  र  परोपकारी विकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानीत हुन पाउँदा आफुले गरेको समाजसेवाले न्याय पाएको बताउनुभयो । उहाले कोभिड १९ को समयमा दैलेख जिल्लामा स्वास्थ्य सामग्रीहरु व्यक्तिगत रुपमै पनि ८ लाख मूल्य भन्दा बढिको वितरण गरेको स्मरण गर्नुभयो । विकले यो सम्मानले आफुलाई सेवानै धर्म हो भन्ने कुरालाई बुझाउदै अझै दरिलो भएर समाज सेवामा निरन्तर लाग्ने प्रेरणा जागेको प्रतिक्रिया दिनुभयो ।kulbhadur bk

 


Thali Mobile Pvt.Ltd.