काठमाडाैं । घोराही उपमहानगरपालिका–१७, दाङका ३० वर्षीय सुनिल घर्ती परिवारको जीविका चलाउन भन्दै खाडीमुलक जाने तयारी गरेर काठमाडौं । रोजगारीका लागि विदेश जान टायम लाग्ने भएपछि काम खोज्दै ललितपुरको इमाडोल पुगे । बुबाको मृत्युपश्चात परिवारको सम्पूर्ण जिम्मेवारी आमा सुकमायाको काधमा आयो ।
तीन छोरा र एक छोरीको जीवन जसोतसो सामान्य नै चलिरहेको थियो । तीन भाइबहिनीको परिवारका माइलो छोरा सुनिलले आमा र अरु भाइ बहिनीको जीवन गतिलो गरी चलाउने सोच बनाएर विदेशिने निधोमा पुगेर काठमाडौं आए ।
खाडीमा मजदुरी गरेर आमा र भाइबहिनीको लालनपालनको जोहो गर्न राजधानीका आएका सुनिल अहिले शरीर नचल्ने भएर अस्पतालको बेडमा पल्टिन बाध्य छन् । हाल उनी काठमाडौंको बि एण्ड बि अस्पतालमा उपचार गराइरहेका छन् । काम गर्ने क्रममा घरको छतबाट लडेर उनको टाउकोमा गम्भिर चोट लागेको छ ।
अस्पतालको बेडमा छटपटाइरहेका सुनिल बोल्न सक्दैनन् । अचेत जस्तै अवस्थामा छन् । आमा सुकमायाको रोएरै दिन वित्छ । छोराको ज्यान बचाइदिन भगवानसंग उनी निरन्तर पुकारिरहन्छन् । काभ्रेका केशबहादुर लुंगेलीको कोठामा आश्रय लिएर आमा सुकमायाले छोराको उपचारका लागि धाइरहेकी छन् ।
जायजेथाले भ्याएसम्म खर्च गरिन डाक्टर ले थप उपचारका लागि ३०, ३५ लाख लाग्ने भनेपछि उनी अहिले गुहार मागिरहेकी छन् । अस्पतालको शैयामा छटपटाइरहेका सुनिलको जीवन बचाइदिन सहयोगीहातहरुलाई अनुनय विनय गरिरहेकी छन् । उपचार सुधार भइरहेको तर निको हुन समय लाग्ने चिकित्सकले बताएका छन् ।
सुनिलको अहिलेसम्मको उपचारमै ८, ९ लाखभन्दा बढी खर्च भइसकेको सुनिलकी बहिनी मुना घर्तिले बताइन् । गाउँघरमा सापटी र ऋणदान गरेर उनीहरुले अहिलेसम्म त उपचार गरे । अब अगाडीको उपचारका लागि हार गुहार गरिरहेका छन् । चिकित्सकहरु जतिसक्दो चाडो उपचार गरेमा सञ्चो हुने सम्भावना बढ्ने चिकित्सकहरु बताउँछन् ।
उक्त रकम कसरी जोहो गर्ने भनेर उनीहरु छटपटीमा छन् । त्यसैले कैलाश खबरमार्फत उनीहरुले आर्थिक सहयोग गर्न सक्ने क्षमताका मनकारीहरुलाई सहयोग गरि सुनिलको जीवन बचाइदिन अनुनय गरेका छन् ।
सहयोग गर्न चाहनेहरुले
सुनिलकी आमा सुकमाया घर्तिको नाममा ग्लोबल आईएमई बैंक घोराही शाखामा रहेको खाता नं. ४१०७०१००१०३२७ ( Global IME Bank Ghorahi Branch Sukmaya Gharti Ac No:- 4107010010327)नम्बरको खातामा रकम जम्मा गर्न सक्नुहुनेछ ।
थप जानकारीका लागि सुकमाया घर्तिको सम्पर्क नम्बर ९८२९५८४१४० रहेको छ । यसमा कल गरेर पनि सहयोग गर्न सक्नु हुनेछ ।
