covid
काठमाडौं । काठमाडौं उपत्यकामा ३ हजार ९सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौंमा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबारसम्म २४ हजार ५३३, ललितपुरमा चार हजार ९७४ र भक्तपुरमा दुई हजार ९४५ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच दैलेखको आठबीस नगरपालिका वडा नं. २ सिगौडीमा चेकजाँच गर्दा १५ को चेकमा ८ संक्रमित र आज २० जनामा चेक जाँच गर्दा ११ जना कोरोना भाइरस संक्रमित भएको स्वास्थ्य शाखा प्रमुख देवराज तिमिल्सेनाले बताए । उनका अनुसार गाउँमा यतिधेरै संक्रमित भएको पहिलो हो ।
संक्रमण फैलिए पछि समुदायस्तरमा नै स्वाव कलेक्सन गरिएकाे र स्वाव कलेक्सन गर्दा खाना समेत नभनेर फुर्सदकाे बेला चाउचाउ खाएर ड्यूटीमा खटिएकाे स्वास्थ्यकर्मीले बताए । 

