काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै उपत्यकामा कुल संक्रमितको संख्या १ लाख २२ हजार ९६४ पुगेको छ । ९० महिला र ११७ पुरुषमा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा १९१, ललितपुरमा २३ र भक्तपुरमा १३ जनामा कोरोना संक्रमित पुष्टी भएको मन्त्रालयले जनाएको हो ।
