भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

‘उपभोक्ताको हक सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ’

‘उपभोक्ताको हक सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ’

ललितपुर । उपभोक्ताको हकको सुनिश्चितताका लागि व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय तीनै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज ललितपुरमा आयोजित अन्तक्रियाका वक्ताहरुले उपभोक्ता अधिकारका लागि सबै पक्ष जागरुक र सक्रिय हुनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अधिकार प्राप्त गर्ने पक्ष जागरुक र सचेत नहुँदा ठगिने अवस्था आउँछ भन्नुभयो । उहाँले उपभोक्ताको अधिकारका लागि व्यवसायीलाई मात्र गाली गर्नेभन्दा पनि व्यवसायी, उपभोक्ता र नियमनकारी निकाय नै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उपभोक्ताको हकको सुनिश्चितताका साथै व्यवसायीको संरक्षण गर्नु नियमनकारी निकायको जिम्मेवारी हुने उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उपभोक्ताको अधिकार संरक्षणमा व्यवसायी, उपभोक्ता र नियमनकारी निकायको समान दायित्व रहेको बताउनुभयो । “तीनै पक्षको समान भूमिका र बुझाइ आवश्यक छ । नियमन गर्नु हाम्रो दायित्व हो । हामीले अनुगमन गर्दा प्रदेशसँग समन्वय गरेर अनुगमन गर्छौँ । अनुगमनका नाममा कसैलाई त्रसित बनाउने हाम्रो मनसाय छैन ।” प्रजिअ आचार्यले भन्नुभयो ।

विश्व उपभोक्ता अधिकार दिवस मार्च १५ को सन्दर्भमा जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजना र ललितपुर महानगरपालिकाको सहयोग तथा राष्ट्रिय उपभोक्ता मञ्च ललितपुरको सहजीकरणमा ‘सार्वभौम उपभोक्ता र नियमनकारी निकायको भूमिका’ विषयक अन्तक्र्रियामा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योले अनुगमन गर्दा सम्बन्धित क्षेत्रको एक जना विज्ञ राख्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय सहकारीले बचत फिर्ता नगर्दा समस्या भएको र चेक बाउन्सको समस्या धेरै भएको बताउनुभयो ।

ललितपुर चेम्बरका अध्यक्ष पुष्परत्न शाक्यले केन्द्रीय, प्रदेश तथा स्थानीय तहका छुट्टाछुट्टै अनुगमन गर्ने संयन्त्र हुनुभन्दा एउटै भए राम्रो हुने तर्क गर्दै चाडपर्वमा मात्रै अनुगमन गर्ने पद्धति गलत भएको तर्क गर्नुभयो । ललितपुर उद्योग वाणिज्य सङ्घका महासचिव रुपकमान महर्जनले बाह्रै महिना बजार अनुगमन हुनुपर्ने बताउँदै अनुगमन गर्दा व्यवसायी सचेतना कार्यक्रम गर्नु आवश्यक रहेको बताउनुभयो ।

साना तथा घरेलु उद्योग कार्यालय ललितपुरकी उद्योग अधिकृत भूमिका ओझाले व्यवसायीमा कानुनी चेतनाको अभाव भएको बताउँदै अनुगमन गर्दा सम्झाएर नटेरेको खण्डमा मात्रै जरिमाना गर्ने गरेको बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.