भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

एक शिंहका अगाडि दुई ब्वाँसा र स्यालकाे लडाईं

एक शिंहका अगाडि दुई ब्वाँसा र स्यालकाे लडाईं

सामुदायिक जङ्गलकी पूर्व चौकिदारले आफ्नो नातिलाई जीवनको बारेमा सिकाउन एउटा कथा सुनाइन् । मैले जङ्गलमा धेरै वटा जनावरहरुको लडाईं देखेको छु । ‘अहिले मलाई दुई व्वासाहरुबिचको लडाईं स्मरणमा आएको छ । त्यतिबेला शिंहका बारेमा कुरा उठेको थिएन ।

दुई ब्वासोको बारेमा उनले भनिन्, ‘एउटा ब्वाँसो खराब थियो । उसले द्वेष, क्रोध, लोभ, आत्म–दया, आफ्ना प्राय नभनि खाली लोभमा लिप्त र झूटा कर्मले भरिएको थियो । अर्को राम्रो छ । शान्ति, प्रेम, आनन्द, दया र नम्रताले भरिएको थियो । सधै अरुको भलो चाहने जस्तो गर्ने । तर उपनि घमण्डले भरिएको ।’

उनीहरू एकअर्काको अस्तित्व स्वीकारे थिएनन् । त्यसैका लागि लडेका थिए । उनीहरुको लडाइकैबीच परबाट लोखर्केले सल्लाह गरेर स्याललाई पठाए छ । स्याल झनै लालचले भरिएको । त्यो जंगलमा शिंहछ भन्ने ख्याल नगरि उसले जंगलको राजा नै मै हुं भन्ने गरेको रहेछ । त्यो कुरा दुई ब्वाँसाहरुलाई खुब मन परेछ ।

कारण हामी दुईकोबीचको लडाई अब खत्तम भयो । हामीले अराएको काम र फालेको खानेकुरा यसैले काम लगाउने भयो भनेर सोचे छन् । हजुरआमाको कुरा सुनेर नाति चुपचाप थियो, एक क्षणको लागि यो प्रकटीकरणलाई विचार गर्दै नातिले सोध्यो, ‘हजुरमा, कुन ब्वाँसोले जित्छ त ? बूढीले मुस्कुराएर जवाफ दिइन्, ‘जसलाई तिमीले खुवाउँछौ त्यहि जित्छ ?

नातिले जवाफ दियो, ‘राम्रो ब्वासोलाई ।’, हो किनकी उनीहरु दुबै लडिरहेका थिए । हामी निश्पक्ष भएर एउटालाई खाना दिएर बलियो बनाएर अर्काका विरुद्ध विजयी गराउनु पर्नेहुन्छ । नाति अझै गम्भिर भएर सोच्न थाल्यो । राम्रो र नराम्रो कसरी छुट्याउने त चर्तिकला दुबैको उस्तै छ । त्यसमाथि स्यालको व्यवहार र प्रस्तुती झन खतरनाक छ ।

मनन गरेर हजुरआमालाई सोध्न लागेको के थियो पर छेउबाट शिंहले जुरुक्क उठेर गर्जेको देखेर हजुर आमा, नाति डरले थुरथुर भए । उता हेरेको त सबैभन्दा पहिला स्यालले स्वीकुच्चा ठोकेछ, त्यसपछि ब्वाँसाहरु भागेछन् । तर शिंहले न स्याललाई लखेटेको थियो । न ब्वासाहरुलाई नै लखेटेको थियो ।

न त ती बजै नातिलाई नै लखेटेको थियो । बस उत आफ्नै स्थानमा गजक्क भएर बसेको थियो । पछि हजुर आमाले भनिन् । नाति राम्रो नराम्रो त हामी प्रत्येक भित्र छ, त्यो मानिसमा पनि छ, त्यो पशुमा पनि छ । त्यसैले मानिस पशु बन्नु हुदैन त्यसैले त्यो वास्तविकताको स्वामित्व लिनु र राम्रोलाई पोषण गर्नु है ।

हामीले जे गर्न सक्छौं त्यो गर्नु हाम्रो दायित्व हो । खराव चिजलाई त्याग्नु राम्रोलाई सर्पोट गर्नु यसैमा भलाई हुन्छ नाति भनेर हजुर आमाले नातिलाई काखमा हालिन् ।

 


Thali Mobile Pvt.Ltd.