भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

एकैदिन थपिए ९ हजार ४८३ कोरोना संक्रमित, २२५ जनाको गयो ज्यान

एकैदिन थपिए ९ हजार ४८३ कोरोना संक्रमित, २२५ जनाको गयो ज्यान

काठमाडौँ । नेपालमा २४ घण्टामा ९ हजार ४ सय ८३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार ५ सय ९६ जनाको पीसीआर परीक्षण र ७ सय २० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ हजार ४ सय ८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ ।

प्रदेश १
इलाममा २, उदयपुरमा २२, ओखलढुंगामा १०, खोटाङमा ७, झापामा २६४, ताप्लेजुङमा १, धनकुटामा २०, पाँचथर २, भोजपुरमा ३, मोरङमा ३५०, संखुवासभामा ७ र सुनसरी १७४ जनामा कोरोना भेटिएको छ।

प्रदेश २
धनुषामा १६५, पर्सामा ११३, बारामा ३१, महोत्तरीमा ४१, रौतहटमा २८, सप्तरीमा १८, सर्लाहीमा २९ र सिरहामा १५ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेश
काठमाडौंमा मात्र २७ सय ८८ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १५५, चितवनमा १२४, दोलखामा १५, धादिङमा ११५, नुवाकोटमा ७३, भक्तपुरमा ५३७, मकवानपुरमा ११६, रसुवामा १, रामेछापमा २४, ललितपुरमा ६०२, सिन्धुपाल्चोकमा ५८ र सिन्धुली ४७ जनामा कोरोना पुष्टि भएको छ।

गण्डकी प्रदेश
कास्कीमा ३७०, गोरखामा ६४, तनहुँमा ४७, नवलपरासी पूर्वमा २५, पर्वत १, मुस्ताङ १, म्याग्दी ५, लमजुङमा ३४, बागलुङमा ६ र स्याङजामा ९० जनामा कोरोना भेटिएको छ।

लुम्बिनी प्रदेश
अर्घाखाँचीमा ५५, कपिलवस्तुमा ११७, गुल्मीमा १७, दाङमा २६५, नवलपरासीमा ५७, पाल्पामा ८४, प्यूठानमा १, बर्दियाका ६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९ र रोल्पामा ४ जना छन्।

कर्णाली प्रदेश
कालिकोटमा २, जाजरकोटमा ७७, जुम्ला ९, डोल्पा १, दैलेखमा ६, रुकुम पश्चिममा ४८, सल्यानमा २१, सुर्खेतमा २६४ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ८०, कञ्चनपुरमा २८, कैलालीमा २९५, डोटी २, दार्चुला ३, बझाङमा १ र बाजुरामा १ जनामा कोरोना भेटिएको छ।

उपत्यकामा
काठमाडौँ उपत्यकामा मात्रै ३९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २७ सय ८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा गरी कुल ३९ सय २७ जना थपिएका हुन् ।

उमेर समूह
सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको छ ।
०–९ वर्ष – २४६
१०–१९ वर्ष – ६८६
२०–२९ वर्ष – २०१०
३०–३९ वर्ष – २११४
४०–४९ वर्ष – १७०७
५०–५९ वर्ष – १३०३
६०–६९ वर्ष – ७४५
७०–७९ वर्ष – ३३२
८०–८९ वर्ष – ११२
९०–१०० वर्ष १६
अज्ञात – ४८

 


Thali Mobile Pvt.Ltd.