भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एकैसाथ थप तीन प्रान्तीय राजधानी तालिबानको कब्जामा

एकैसाथ थप तीन प्रान्तीय राजधानी तालिबानको कब्जामा

अलजजिरा । तालिबानले अफगानिस्तानका थप तीनवटा प्रान्तीय राजधानीहरू एससाथ कब्जामा लिएको छ । शुक्रबार यता ५ वटा प्रान्तीय राजधानीहरूमा नियन्त्रण बनाउन सफल भएको हो ।

आइतबार उत्तरी भागमा रहेका कुन्डुज, सार–ए–पोल र तालोकान केही घण्टाको अन्तरमा तालिबानको कब्जामा पुगेको सहरमा रहेका सरकारी अधिकारी र तालिबानले पुष्टि गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै कुन्डुज सहरका प्रहरी हेडक्वार्टर, गभर्नर कम्पाउन्ड र कारागारलाई नियन्त्रणमा लिएको जनाएको छ । स्थानीय स्रोतका अनुसार सबै सरकारी भवन यतिबेला तालिबानको कब्जामा रहेको छ ।

सेनाको बेस र विमानस्थलमा अफगान सुरक्षाकर्मीहरुले तालिबानसँग भिडन्त गरिरहेको कुन्डुज प्रान्तका सांसद अमरुद्दिन वालीले बताएका छन् । तालिबानले उत्तरी प्रान्त सार–ए–पोलको राजधानी सार–ए–पोललाई पनि कब्जा गरेको जानकारी दिएको छ ।

प्रान्तीय परिषद्का सदस्य मोहम्मद नुर रहमानीले सरकारी भवनलाई नियन्त्रणमा लिएका छन् भने सरकारी अधिकारीहरू भागेर नजिकैको सेनाको बेसमा पुगेका छन् । ताखार प्रान्तको राजधानी तालोकानलाई पनि नियन्त्रणमा लिएको जानकारी लिएको छ ।

स्थानीय जबिहुल्लाह हामिदीले एएफपीसँग कुरा गर्दै उनले सुरक्षाकर्मी र अधिकारीहरूले लामबद्ध भएर सहर छाडेको देखेको बताएका छन् । यसअघि तालिबानले निमरुज र जवजानलाई नियन्त्रण लिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.