भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

एघारौँ राष्ट्रिय कर दिवस मनाइँदै

एघारौँ राष्ट्रिय कर दिवस मनाइँदै

काठमाडौं । आज एघारौँ राष्ट्रिय कर दिवस मनाइँदैछ । ‘स्वेच्छिक सहभागिता सहितको फराकिलो कर आधार स् दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय कर दिवस मनाइँदै छ । आन्तरिक राजस्व विभागले कर दिवश २०७९ को अवसरमा सम्पूर्ण करदाता, सरोकारवाला निकायहरू एवं कर परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै कर प्रणालीलाई पारदर्शी, प्रविधिमैत्री र स्वेच्छिक सहभागितामा आधारित बनाउँदै सबल अर्थतन्त्रको आधारका रुपमा स्थापित गर्नु आवश्यक रहेको जनाएको छ।

विभागले एक सन्देश जारी गर्दै विकास र समृद्धिका लागि वैदेशिक सहयोग माथिको निर्भरता कम गर्दै पर्याप्त आन्तरिक लगानी जुटाउनका लागि सबल कर प्रणालीको आवश्यकता रहेको जनाएको हो । विश्वव्यापीरुपमा अवलम्बन गरिएका नवप्रवर्तनशील नीति र रणनीति, असल अभ्यास, कार्य प्रणाली र व्यवहारहरूलाई आन्तरिकीकरण गर्दै कर प्रणाली सुधारलाई निरन्तरता दिन आन्तरिक राजस्व विभाग प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।

उत्पादनमा आधारित अर्थतन्त्र, लगानीमैत्री कर नीति, पारदर्शी कार्य प्रणाली, प्रविधिमा आधारित कर प्रशासन र सचेत नागरिकहरूको संयुक्त प्रयास र प्रयत्नबाट मात्र मुलुकको आन्तरिक राजस्व परिचालन प्रभावकारी भई विकास र समृद्धिको राष्ट्रिय उद्देश्य हासिल गर्न सकिने विभागले जनाएको छ । विभागले यस वर्ष कर दिवसका निर्वाचनका कारण विशेष कार्यक्रम गर्न नमिलेका कारण मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गरिने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.