भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

एमसिसीविरुद्धको सडक आन्दोलन दवाउन छिमेकी जिल्लाबाट झिकाइए प्रहरी

एमसिसीविरुद्धको सडक आन्दोलन दवाउन छिमेकी जिल्लाबाट झिकाइए प्रहरी

काठमाडौं । एमसीसी विरुद्ध जनता सडकमा आएपछि आन्दोलन दवाउन छिमेकी जिल्लाबाट प्रहरी राजधानी झिकाइएको छ । सशस्त्रका १४ सय प्रहरीले माइतीघर र बानेश्वर क्षेत्रमा खटाएको स्रोतले बतायो ।

काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत छिमेकी जिल्लामा कार्यरतलाई पनि आन्दोलनमा खटाउन झिकाइएको छ । नेपाल प्रहरीका १६ सय प्रहरीले दैनिक खटाउने गरेको छ । प्रहरी प्रधान कार्यालयदेखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलगायत कार्यालयबाट थप जनशक्ति परिचालन गरिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका चार सय जनशक्तिलाई एमसिसीसम्बन्धी विवादले उत्पन्न हुन सक्ने सुरक्षा जोखिमको सूचना संकलनमा खटाएको छ । एमसिसीविरुद्ध चर्किएको आन्दोलनमा उपत्यकाकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको हो ।

सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीलाई काठमाडौंमा झिकाएर खटाएको हो । एमसिसीविरुद्ध भएका आन्दोलनमा दैनिक कम्तीमा तीन हजार दुई सय सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिने गरेका छन् ।

सत्तारुढ गठबन्धन टुट्ने अवस्था आएमा आन्दोलनमा हजारौँ सहभागी हुन सक्ने जोखिमको आकलन गरी ठूलो संख्यामा प्रहरी परिचालन गरिएको गृह मन्त्रालय स्रोतले बताएको छ । जुनसुकै वेला आन्दोलनले उग्र रूप लिन सक्ने जोखिममा आधारमा यसरी ठूलो संख्यामा जनशक्ति खटाइएको प्रहरीको भनाइ छ ।

उपत्यकाबाहिरका जिल्लामा रहेका वाटर क्यानन र भिड नियन्त्रणमा प्रयोग हुने बडी प्रोटेक्टरलगायतका सामानसमेत मगाइएको छ । राष्ट्रिय अनुसन्धान विभागले पनि आफ्नो जनशक्तिलाई एमसिसीसम्बन्धी विवादले उत्पन्न हुन सक्ने सुरक्षा जोखिमको सूचना संकलनमा खटाएको छ ।

ठूलो संख्यामा सुरक्षाकर्मी खटिए पनि प्रहरीले न्यूनतम मात्र बल प्रयोग गर्दै आएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनाली बताए । आन्दोलनमा हालसम्म एकैदिन अधिकतम सहभागी हुने बताइएको छ ।

आन्दोलनकारीभन्दा धेरै सुरक्षाकर्मी बानेश्वर क्षेत्रमा परिचालन हुने बताइएको छ । शुक्रबार बसेको सुरक्षा समितिको बैठकमा सत्तारुढ दलबीच मतभेद बढेमा आन्दोलन उग्र हुन सक्ने भएकाले थप सुरक्षाकर्मी ‘ब्याकअप’मा राख्ने निर्णय भएको छ ।

 


Thali Mobile Pvt.Ltd.