एमसीसी अनुमोदन छिटो पारित गर्न अमेरिकाकी चेतावनी

एमसीसी अनुमोदन छिटो पारित गर्न अमेरिकाकी  चेतावनी

काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता फागुन १६ भित्रै संसदबाट अनुमोदन गर्नु पर्ने दोहोर्याएको छ । एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम अधिकार भए पनि सम्झौता अनुमोदन नहुँदा द्विपक्षीय कुटनीतिक सम्बन्धमा असर पर्ने विदेश मन्त्रालयले चेतावनी दिएको छ ।

भारतीय पत्रिका हिन्दूस्तान टाइम्ससँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अरु कुनै तेस्रो देशको प्रभाव र नेपालमा ब्याप्त भ्रष्टाचारका कारण एमसीसी सम्झौता पारित गर्न ढिलाई भईरहेको दावी गरेको छ । एमसीसी अनुमोदन नहुनु नेपाल र नेपाली जनताका लागि ठूलो क्षतिको विषय हुने बताएको ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसी बोर्डलाई पत्र लेखेर सम्झौता अनुमोदनका लागि मागेको समय पूरा भएको भन्दै उक्त अवधिभित्र सम्झौता अनुमोदनका लागि अमेरिकाले औपचारिक र अनौपचारिक रुपमा नेपालको नेतृत्वलाई सूचित गरिसकेको उनको भनाइ छ ।

एमसीसी परियोजनाविरुद्ध नेपालमा भ्रमपूर्ण सूचना फैलाउन चीनले लगानी र प्रोत्साहन गरेको आरोप लगाउँदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले एमसीसी पारित गर्नुको विकल्प नरहेको दावी गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.