भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

एमसीसी टेबल गर्नेबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै

एमसीसी टेबल गर्नेबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने विषयमा निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै छ । आइतबार बस्ने विहान बस्ने बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमसीसीको पक्षमा लागिपरेका छन् ।

दलहरुबीच सहमति भएपछि मात्र संसद्मा टेबल गर्नुपर्ने अडानमा नेकपा माओवादी केन्द्र उभिएपछि यसले फरक मोड लिएको छ । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी खारेज गर्नु पर्ने पक्षमा छन्

भने जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने संसद्बाट तत्काल एमसीसी अनुमोदन गर्नुपर्ने रटानमा छन् । यही फागुन १६ गतेसम्ममा एमसीसी संसदबाट अनुमोदन गर्न अमेरिकाले दबाब दिदै आएको छ ।

यही विषयमा छलफल गर्न गठबन्धनको बिहान १० बजे बैठक बस्ने बताइएको छ । आजको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्षनेताहरू सहभागी हुदैछन् ।

 


Thali Mobile Pvt.Ltd.