भर्खरै : Sorry, your browser does not support inline SVG.

एमसीसीका प्रमुख कार्यकारी अधिकृत आज नेपाल आउँदै

एमसीसीका प्रमुख कार्यकारी अधिकृत आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट आज नेपाल आउने भएकी छन् ।

पाँच दिने भ्रमणका लागि एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन सुरु भएको एक महिना पुगेलगत्तै अल्ब्राइट नेपाल आउन लागेकी हुन् ।

एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा बढी मूल्य कबोलेर पाँचवटा कम्पनीले ठेक्का प्रस्ताव पेस गरेका छन् ।

एमसीसीको लागत अनुमानभन्दा ६० प्रतिशत भन्दा धेरै लागत प्रस्ताव गरेपछि अल्ब्राइट नेपाल आउन लागेको बुझिएको छ ।

 


Thali Mobile Pvt.Ltd.