भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

एमाले दक्षिणपन्थी होः माधव नेपाल

एमाले दक्षिणपन्थी होः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पार्टी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष माधव कुमार नेपालले एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिस्ट पार्टी भएको बताएका छन् ।

उसको वर्ग अडान स्पष्ट नभएको उल्लेख गर्दै प्रतिवेदनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गरे । कांग्रेसलाई पुँजीवादी वर्गचरित्रको पार्टी भएपनि संविधान र लोकतन्त्रको रक्षाप्रति प्रतिबद्ध रहेको बताए ।

दलाल पुँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको आरोप लगाए ।

अध्यक्ष नेपालले नेकपा माअ‍ोवादी केन्द्रलाई भने ढुलमुले चरित्रको बताए ।

वर्ग अडान स्पष्ट नभएको भन्दै सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको माओवादी पार्टी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रीय हुँदै गएको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.