भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

एमाले बागमतीका युवा नेता घिमिरे होटलमा अर्धचेत अवस्थामा भेटिए

एमाले बागमतीका युवा नेता घिमिरे होटलमा अर्धचेत अवस्थामा भेटिए

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य नारायण घिमिरे जमलको होटल कैलाशमा अर्धचेत अवस्थामा भेटिएका छन् ।

विष खाएको अवस्थामा फेला परेपछि उनलाई प्रहरीले उद्धार गरेर वीर अस्पताल भर्ना गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार उनी शनिबारदेखि कैलाश होटलमा बस्दै आएका थिए। नुवाकोटको विदुर–११ घर भएका घिमिरे बेपत्ता भएको भन्दै परिवारका सदस्यले आइतबार खोजतलासका लागि काठमाडौं प्रहरी परिसरमा निवेदन दिएका थिए ।

पछिल्लो समय उनी तारकेश्वर नगरपालिका–९, डाँडागाउँ बस्दै आएका थिए । घिमिरेको कोठाबाट प्रहरीले सुसाइड नोट पनि बरामद गरेको छ । त्यसमा उल्लेखित विषय प्रहरीले गोप्य राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.