काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बताइएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ ।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।
