भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमाले सत्ता गुल्टियाे, मुख्यमन्त्री पाण्डेसहित ३ मन्त्री शपथ खाँदै

एमाले सत्ता गुल्टियाे, मुख्यमन्त्री पाण्डेसहित ३ मन्त्री शपथ खाँदै

हेटौंडा । एमाले सरकार ढालेर बागमतीमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दैछन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् ।

एमाले विभाजन हुदा १३ जना प्रदेशसभा सदस्यले एकीकृत समाजवादी रोजे । पहिले माधव नेपाललाई साथ दिएकी पछि ओलीतर्फ आएर मुख्यमन्त्री पट्काएकी शाक्य १३ जनाकै कारण अल्पमतमा परेकी थिइन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका ५९ सांसदहरूको समर्थन पाएपछि पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई आज दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गराउँने कार्यक्रम छ ।

पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताएका छन् । कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने पक्का भएको छ । तत्काल तीन मन्त्रीसहित मुख्यमन्त्री पाण्डे सरकारमा जाने र तिहारपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनले तयारी गरेको नेपाली कांग्रेस संसदीय दलका सचेतक निमा लामाले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.