भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

एमालेबाट महानगर र उपमहानगरमा छानिएका उम्मेदवार

एमालेबाट महानगर र उपमहानगरमा छानिएका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि ५ महानगरपालिका र ९ उपमहानगरपालिकामा नेकपा एमालेले मेयरको उम्मेदवार टुंगो लगाएको छ । ती महानगर तथा उपमहानगरपालिकामा अधिकांश स्थानको उपमेयरको टुंगो लागेको छ ।

शनिबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले सकसकैबीच मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाएको हो ।

एमालेको निर्णयानुसार
.धनगढी उपमहानगरमा रणबहादुर चन्दलाई मेयर र चन्द्रकला रानाथारुलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।

.नेपालगन्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्रलाई मेयर र शान्तिदेवी ढकाललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।

. तुल्सीपुरमा टीकाराम खड्कालाई मेयर र स्यानी चौधरीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।
. घोराहीमा नोरुलाल चौधरीलाई मेयर र हुमाकुमारी बिसीलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको ।

. बुटवलमा बाबुराम भट्टराईलाई मेयर र सावित्रादेवी अर्याललाई उपमेयरको उम्मेदवार बनाइएको छ ।
. हेटौँडा अनन्त पौडेललाई मेयर र सुमित्रा काफ्लेलाई उपमेयरको उम्मेदवार बनाइएको छ।

.धरानमा मञ्जु भण्डारीलाई मेयर तथा पदम लिम्बुलाई उपमेयरको उम्मेदवार बनाइँदा इटहरीमा यमकुमार सुब्बालाई मेयर र संगीता चौधरीलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।

. कलैयामा बिनोद शाह मेयरको उम्मेदवार बन्दा उपमेयर टुंग्याउन बाँकी छ ।
. जनकपुर उपमहानगरपालिका र जीतपुर सिमरा उपमहानगरपालिकामा मेयर तथा उपमेयरको उम्मेदवार टुंगो लगाउन बाँकी रहेको छ ।

महानगरमा को ?
पोखरा महानगरपालिकामा दीपक पौडेललाई मेयर र उपमेयरमा मञ्जुदेवी गुरुङलाई टिकट दिने निर्णय भएको छ ।
. वीरगन्ज नगरपालिकामा विजय सरावगीलाई मेयर बनाउने निर्णय भएको छ भने उपप्रमुखको टुंगो लगाउन बाँकी छ ।

. भरतपुरमा विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको छ भने उपमेयरको टुंगो लाग्न बाँकी छ ।
. ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यञ्जनकारलाई मेयर र मञ्जली शाक्य बज्राचार्यलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।

. काठमाडौंमा मेयरको उम्मेदवार केशव स्थापित र सुनिता डंगोल उपमेयरको उम्मेदवार रहेकी छन् ।
. विराटनगरमा मेयर तथा उपमेयरको उम्मेदवार टुंगो बाँकी छ । देशभर ६ महानगरपालिका र ११ उपमहानगरपालिका रहेका छन् । ती महानगर तथा उपमहानगरपालिकाको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.