एमालेले जितेको मुस्ताङमा कांग्रेसको अग्रता

एमालेले जितेको मुस्ताङमा कांग्रेसको अग्रता

मुस्ताङ । २०७४ सालमा नेकपा एमालेले चुनाव जितेको मुस्ताङमा यसपटक नेपाली कांग्रेसले अग्रता लिएको छ ।

जारी मतगणनामा नेपाली कांग्रेसका योगेश गौचन थकालीले १ हजार ६८ मत प्राप्त गर्दा एमालेका प्रेमप्रसाद तुलाचनले ८ सय ७ मत पाएका छन् ।

गौचन कांग्रेस नेता रोमी गौचन थकालीका छोरा हुन् । तुलाचन भने नेकपा एमालेका निवर्तमान सांसद हुन् ।

मुस्ताङमा ७ हजार २ सय ३० मत खसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.