भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

ओलीको टिप्पणीः प्रचण्ड-माधव बन्चरोको बिँड बनेर कम्युनिष्ट सिध्याउन लागे

ओलीको टिप्पणीः प्रचण्ड-माधव बन्चरोको बिँड बनेर कम्युनिष्ट सिध्याउन लागे

काठमाडौं । एमाले ढाल्नका लागि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेसी बन्चरोको बिँड बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।

विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले कांग्रेसलाई विगत २३ सिटमा खुम्च्याइदिएको स्मरण गरे । अहिले कम्युनिस्टलाई हराउन कम्युनिस्ट नै कांग्रेसको बिड बनेको उनको जिकिर छ ।

ओलीले प्रश्न गरे, ‘कांग्रेसको बिड हेर्नुस् त कस्ता छन् ? एमाले काट्ने, एमाले सिध्याउने भनेका बिँड कस्ता छन् के के नामका छन् ?’

रुख ढाल्ने बन्चरोको बिँड रुखकै काठ प्रयोग हुँदा रुख धुरुधुरु रोएको कथा सुनाए । वामपन्थी भन्ने हरुलाई कांग्रेसको बिड भएर नबस्न आग्रह गरे ।

 


Thali Mobile Pvt.Ltd.