काठमाडौं । मलेसियाको एनआरएन केल हलमा आयोजित जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को कल्चरल गीत म्हेन्दोमायाबाट उत्कृष्ट नव गायिका लक्ष्मी तामाङ दिमदुङले अवार्ड हात पारेकी छिन् ।
म्हेन्दोमाया गायिका लक्ष्मी दिमदुङले म्हेन्दोमाया गीत ‘चाइना जुत्ता’ बाट वेस्ट अवार्ड हात पारेकी हुन । कार्यक्रममा ३० विधामा अवार्ड प्रदान गरिएको जम्बुलिङ फिल्मस प्रालिका प्रबन्ध निर्देशक राजकिङ वाइबाले बताए ।
बाँकीलाई नेपालमा एक कार्यक्रम आयोजना गरी अवार्ड प्रदान गरिने जानकारी दिए । वाइबाले भने‚‘स्रष्टालाई सम्मान, नयाँलाई प्रोत्साहन’ गर्ने मुख्य उदेश्यकासाथ ‘जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२’ आयोजना गरिएको हो ।
आगामी दिनमा यसलाई अझै थप प्रस्कृत गरेर लैजाने छौं ।’ यस्तै लाइभ टाइम अचिभमेन्ट अवार्ड अभिनेता उत्तम केसीले हात पारेका छन् ।
खान्दोके ‘बल्ल पो तामाङको हुल उठ्यो’ र बेष्ट सेलो गायकबाट उत्कृष्ट गायकमा आस्मान लोप्चनले अवार्ड हात पारेका छन् । सिङ्गापुरमा ग्राण्ड फिनालेको उद्घाटन भएको थियो भने कार्यक्रमको समापन मलेसियामा भएको हो ।
जुरीतर्फको जिम्मेवारी चिफ जुरी डिका गुरुङ, पवनवाङ लामा, मित्र देव गुरुङ, हेम वाइबा, सागर एस वाइबा र छुल्ठिम गुरुङ रहेका छन् ।
कार्यक्रमले नेपाली कलाकारलाई थप हौसला मिलेको अवार्ड हातपारेपछि कैलाश खबरसंग कुरा गर्दै गायिका लक्ष्मीले बताइन् ।
