काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोध साँध्ने योजनाका साथ प्रचण्डलाई जेल हाल्ने योजना बनाएको नेकपा (दाहाल–नेपाल) पक्षका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
बुधबार पत्रकारसँग भएको छलफलमा अध्यक्ष नेपालले ओलीले आफूसहित प्रचण्डलाई जेल हाल्ने योजनाकासाथ अघि बढेको जिकिर गरेका हुन । प्रचण्डलाई लडाकूका नामको रकम हिनामिना गरेको र नेपाललाई ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचारको मुद्दा अघि बढाउने विषयमा जेल हाल्ने प्रपञ्च बुनेको बताए ।
बालुवाटारको ललिता निवास सरकारी जग्गा व्यक्तिका नाममा लिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ। तर, यो प्रकरण नेपाल प्रधानमन्त्री हुँदा नै अघि बढ्दा पनि उनीविरूद्ध भने मुद्दा लागेको थिएन ।
