औंलो ठड्याएर ओलीले भने, ‘एकपटक संविधान पढ्नुस्’

औंलो ठड्याएर ओलीले भने, ‘एकपटक संविधान पढ्नुस्’

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका छन् ।

शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेकाहरुले एक पटक संविधान पढ्न आग्रह गरेका हुन ।

कोरा राजनीतिक कुरा मात्र नगरेर अनिवार्य संविधान पढ्न आग्रह गरेका हुन । आफु सर्वसम्मत प्रधानमन्त्री भएकोले देश
बर्बादीको बाटोमा जान लागेकाले प्रतिनिधिसभा भंग गरेको बताए ।

अब ताजा जनादेशमा जान अर्को विकल्प नभएको भन्दै चुनावको विकल्प नभएको बताए । कतिपयले चुनाव गर्दैन भनेर गलत प्रचार गरिरहेको भन्दै उनले वैशाख १७ र २७ गते नै चुनाव गराएर देखाउने दावी गरे ।

 


Thali Mobile Pvt.Ltd.