भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

कक्षा १२ को नतिजा सार्वजनिक, ४८ हजार २३९ ल्याए ‘ए प्लस’

कक्षा १२ को नतिजा सार्वजनिक, ४८ हजार २३९ ल्याए ‘ए प्लस’

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले बताए । तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् ।

‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४८ हजार २ सय ३९ छ । ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् भने ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५ सय ३७ रहेको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५ सय १५ जनाले ‘सी’ ग्रेड ल्याएको बोर्डले जनाएको छ ।

तीन हजार ८ सय ७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २ सय ९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

कोरोना महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । सिस्टममा अपलोड भइनसकेकोले केही समयपछि मात्रै नतिजा हेर्न सकिने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ। प्रकाशित नतिजा झण्डै एक घण्टापछि अनलाइनमा हेर्न सकिनेछ ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । यस्तै, एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा पठाउन सकिनेछ ।

परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.