भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक सङ्ख्या बढ्दै

कञ्चनजङ्घा क्षेत्रमा पर्यटक सङ्ख्या बढ्दै

फुङ्लिङ, । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष कोभिडका कारणले सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा यस वर्ष भने आन्तिरक तथा बाह्य पर्यटक उत्साहजनकरूपमा बढ्दै गएका हुन् । कोभिड–१९का कारण दुई वर्ष सुनसान रहेको कञ्चनजङ्घा क्षेत्रमा गत महिनादेखि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल सुरु भएको हो । कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधार क्षेत्र पुगेका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमा पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयको घुन्सा जाँचचौकी कार्यालयले जनाएको छ ।

नेपालका विभिन्न जिल्ला गरी १०० जना आन्तरिक पर्यटक कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेको जाँचचौकी कार्यालयले जनाएको छ । अमेरिका, फ्रान्स, जर्मन, लाचिया, ब्रिटिस र भारतलगायत देशबाट ६५ बाह्य पर्यटकले कञ्चनजङ्घा क्षेत्र भ्रमण गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले बताए । यसैगरी फक्ताङ्लुङ कुम्भकर्ण–७७१० मिटर हिमाल आरोहणमा गएको दुई अमेरिकी आरोहीसहितको टोली करिब एक महिना आरोहणको प्रयासपछि ताप्लेजुङको सदरमुकाम फुङ्लिङतर्फ फर्किएको घुन्सा जाँचचौकी कार्यालयले जनाएको छ ।

यता ताप्लेजुङ र सङ्खुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ पर्यटक ओलाङचुङगोलबाट संखुवासभाको सीमा क्षेत्र लुम्बासुम्बा हुँदै मकालु प्रवेश गरेको ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाले बताए । पर्यटकको चहलपहल बढेसँगै तीन हजार ४५० मिटरको उचाइ रहेको घुन्सा पर्यटकीय बस्तीमा पयर्टकको खचाखच हुन थालेको छ । त्यस्तै तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगाला बस्तीमा पुग्न थालेको स्थानीय तन्तिङ वालुङले बताए । फले, घुन्सागाउँ कञ्चनजङ्घा हिमालको पदमार्ग क्षेत्रमा पर्दछ भने फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको पूर्वी सुरुआत विन्दु पर्दछ ।

पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने पर्यटकको रोजाइमा ग्रेट हिमालयन ट्रेल पूर्व–पश्चिम पदमार्ग पर्न थालेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए । लामो समयसम्म कोभिड–१९का कारणले बन्द भएको कञ्चनजङ्घा क्षेत्रका होटल खुल्ल थालेका छन् । ठूलो लगानी गररे निर्माण गरिएका होटल दुई वर्षयता पर्यटक नआएपछि बन्द भएको थियो । तर गत सातादेखि पर्यटकको चहलपहल बढेसँगै होटल धमाधम सञ्चालनमा आउन थालेको छ । कोभिडका कारण बन्द रहेका होटल व्यवसायी कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आएपछि पर्यटन तथा होटल व्यवसायी अहिले उत्साहित बनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.