कञ्चनपुर । रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात घरफर्किनु परेको छ ।
किसानको मागअनुसार मलखाद उपलब्ध गराउन नसकेको कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ ।