भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कठोर सरकारी नीतिले नेप्से अहिलेसम्मकै तल्लो बिन्दुमा पुग्यो

कठोर सरकारी नीतिले नेप्से अहिलेसम्मकै तल्लो बिन्दुमा पुग्यो

काठमाडौँ । सरकारले सेयर बजारप्रतिको कठोर नीतिले लिएसंगै सेयर बजार खस्केकाे छ । सेयर बजार परिसूचक (नेप्से) १९ महिनायताकै तल्लो बिन्दु एक हजार ९०० बिन्दुमा झरेको हो ।

यसअघि ११ मंसिर २०७७ मा सूचक १९९३ बिन्दुमा रहेको थियो । सोमबार कारोबार खुला भएदेखि घट्न थालेको नेप्से एक घण्टा अवधिमा १ हजार ९०० बिन्दुमुनि झरेको हो । निरन्तरको गिरावटले मार्जिन कल र अझै घट्ने आंकलनका साथ लगानीकर्ताले सेयर बिक्री गरेपछि बजार थप प्यानिक भएको हो ।

त्यस्तै कारोबारको १ घण्टा अवधिमा नेप्से ३९.८१ अंकले घटेर १८९४.३१ बिन्दुमा झरेको छ । काराेबारमा करिब २०१ कम्पनीका सात लाख ४१ हजार कित्ता सेयर २४ करोड ८६ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । काराेबारकाे समयमा आएका सबै उपसमुहगत सूचक राताम्मे बनेका छन् भने फाइनान्स र जलविद्युत सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

यस्तै हिमालयन डिष्टिलरीको सबैभन्दा धेरै एक करोड ७२ लाखको सेयर कारोबारमा आएको छ भने एनसीसी बैंक, नबिल बैंक र अरुण काबेली पावरको शीर्ष तीन ठूलो कारोबार भएको छ ।

 


Thali Mobile Pvt.Ltd.