भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

कमला नदीमा बहाव बढ्यो, सचेत रहन आग्रह

कमला नदीमा बहाव बढ्यो, सचेत रहन आग्रह

लहान । अविरल वर्षासँगै कमला नदी पानीको बहाव निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले नदी क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको सुरक्षा निकायका प्रमुखहरुको टोलीले कमला क्षेत्रको निरीक्षण गरी नदीमा पानीको बहाव बढेकाले सचेत रहन स्थानीयवासीलाई गरेको हो ।

सिन्धुलीतर्फको बहाव तीन मिटर र सोभन्दा तल अर्थात सिरहा तथा धनुषातर्फ डेढ मिटर बढेको जनाइएको छ । पानीको सतह डेढ मिटर बढ्नुको साथै निरन्तर बढ्दै गएपछि आसपासको क्षेत्रमा ‘अलर्ट’ जारी गरिएको प्रजिअ कँणेलले बताए ।

बारअनुसार सेवा

कोरोना कहरका कारण जिल्ला प्रशासन कार्यालय सिरहाले बन्द गरेको नयाँ नागरिकता र नागरिकता प्रतिलिपिसम्बन्धी सेवा अब बारअनुसार सञ्चालन गर्ने भएको छ । कोरोना सङ्क्रमण दर घटेसँगै कार्यालयले यही असार २० गते आइतबारदेखि बारअनुसार सेवा सञ्चालन गर्ने जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणको त्रासका कारण अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको थियो । सङ्क्रमण अझै कायमै रहेकोले सेवाग्राहीहरुको अत्यधिक भीडभाडलाई व्यवस्थापन गर्न सेवाहरुमध्ये नयाँ नागरिकता र प्रतिलिपि नागरिकतासम्बन्धी सेवा प्रवाह पुनः सञ्चालन गर्न लागेको प्रजिअ कँणेलले जानकारी दिए । भीडभाड कम हुने सेवा प्रवाह गर्न एक दिनमा बढीमा तीन वटा स्थानीय तहका सेवाग्राहीलाई सेवा दिइने उहाँको भनाइ थियो ।

उहाँका अनुसार आइतबार कर्जन्हा नगपालिका र मिर्चैया नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । यसैगरी सोमबार कल्याणपुर नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिका, मङ्गलबार गोलबजार नगरपालिका, अर्नमा गाउँपालिका र नरहा गाउँपालिका तथा बुधबार धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका र विष्णुपुर गाउँपालिकाका सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराइने छ ।

त्यस्तै बिहीबार औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका र नवराजपुर गाउँपालिका तथा शुक्रबार सिरहा नगरपालिकाका सेवाग्राहीले सेवा पाउने जारी सूचनामा उल्लेख छ । सेवा लिन आउने सेवाग्राहीलाई कोभिड–१९ बाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्न र स्थानीय तहका जनप्रतिनिधिहरुलाई एक दिनमा तीन जना सेवाग्राहीको मात्र सिफारिस गर्न आग्रह गरिएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.