भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

कमसल विकास निर्माण विरुद्ध माओवादी केन्द्र चाँगुनारायणको भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र (भिडियाे सहित)

कमसल विकास निर्माण विरुद्ध माओवादी केन्द्र चाँगुनारायणको भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र (भिडियाे सहित)

भक्तपुर । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाललाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चाँगुनारायण नगर समितिले ज्ञापनपत्र बुझाएको छ । चाँगुनारायण नगरपालिकाका विभिन्न स्थानमा निर्माण गरिएका भौतिक संरचानाहरु कमसल खालका निर्माण भएको भन्दै नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगर समितिले बुधबार ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँदै नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगर समितिका अध्यक्ष नरेश खड्डकाले चांगुनारायण नगरपालिका वडा नं ९ स्थिति च्याम्हासिंह, ताँथली– नाला सडक खण्ड र वडा न ४ स्थित चाँगुनारायण–पौवा साखु सडक खण्डमा कमसल खालको निर्माण भएका कारण खाल्डाखुल्डी परेकाले दोषीलाई कारबाही गरि गुणस्तरीय सडक निर्माण गर्नु लगाउनुपर्ने बताए । उनले सडकमा भएका खाल्डाहरु पुरिनुपर्ने बताउँदै सम्बन्धित निमायले बैलैमा ध्यान दिनुपर्ने बताए ।कमसल विकास निर्माण विरुद्ध माओवादी केन्द्र चाँगुनारायणको भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

कार्यक्रममा नेकपा माओवादी केन्द्र चाँगुनारायाण नगरसमितिका उपाध्यक्ष रामकुमार तामाङले नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगर समिति अबका दिनमा चुप लागेर नबस्ने बताए । उनले चाँगुनारायण नगरपालिकामा भइरहेको भ्रष्टाचार र कमसल निर्माणलाई टुलुटु हेरी नबस्ने बताउँदै समयमै प्रशासनले ध्यान दिनुपर्ने तर्क गरे । उपाध्यक्ष तामाङले सबैको साझा दायित्व भएकाले कमसल निर्माण गर्ने कम्पनीलाई कारबाहीको माग गरे । सम्बन्धित निमायले समयमै कदम नचाले माओवादी केन्द्रले विरोधका कार्यक्रम घोषणा गर्ने उनले चेतावनी दिए ।कमसल विकास निर्माण विरुद्ध माओवादी केन्द्र चाँगुनारायणको भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

विगत लामोसमय देखि स्थानीयहरुले पटक–पटक दबाब र आन्दोलन गर्दै भएको कालोपत्रे सडक निर्माण सम्पन्न भएको एक महिना नपुग्दै विभिन्न स्थानहरुमा सडक भत्किएको र खाल्डाहरु भएको हुँदा उक्त सडकका लागि जिल्ला प्रशासन कार्यालयले अनुगमनका साथै कमसल निर्माण भए कारबाहीको भागिदारी बनाउन नेकपा माओवादी केन्द्र चाँगुनारायण नगर समिति माग गर्द छ उक्त ज्ञापन पत्रमा उललेख गरिएको छ ।कमसल विकास निर्माण विरुद्ध माओवादी केन्द्र चाँगुनारायणको भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

ज्ञापन पत्र बुझ्दै भक्तपुरका प्रमुख जिल्ला अघिकारी खेगेन्द्र रिजालले बोटोको अवस्था हेरे र कानुनी कारबाहीमा जाने बताउदै जनाताका काममा आफू निरन्तर लागिरहेको जानकारी दिए ।कमसल विकास निर्माण विरुद्ध माओवादी केन्द्र चाँगुनारायणको भक्तपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

 

नेकपा माओवादी केन्द्र चाँगुनारायणले सडक डिभिजन कार्यालय भक्तपुरमा बुधबारै ज्ञापनपत्र बुझाएको र विहिबार चाँगुनारायण नगरपालिकामा पनि ज्ञापन पत्र बुझाउने जनाएको छ ।

भिडियाे हेर्नुहाेस्….

 


Thali Mobile Pvt.Ltd.